विदेशबाट फर्केर पाडामा भविष्य खोज्दै मेलौरीका लुङदेली
काठमाडाैं | भदौ २१, २०८०
नवलपुर जिल्लाको बुलिङटार वडा नंं २ मेलौरीका टेक बहादुर लुङदेलीले व्यवसायिकरुपमा पाडा पाल्न थाल्नु भएको छ। पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाँडा पालनमा भविष्य देख्नु भएको हो ।
दुई बर्ष साउदीको होटलमा वयटर र साढे तीन बर्ष मलेसियामा सुरक्षा गार्डमा काम गरेको बताउँदै उहाँले विदेश छोडेर परिवारसंगै वसेर उन्नत जातका भैसीका पाडा पाल्न शुरु गरेको जानकारी दिनुभयो ।
कालिगण्डकी करिडोरको आशपासमा र सो क्षेत्रमा बाँझिएको जग्गामा दशवटा पाडा चराउदै गरेको अवस्थामा भेटिनु भएका लुङदेलीले रासससंग भन्नुभयो, “एक बर्षअघि दुई लाख ४० हजारमा खरिद गरेका ११ वटा पाडा मध्ये एउटा मरेको र हुर्केका १० वटा विक्री गरेर छ लाख भन्दा बढी आम्दानी गर्ने लक्षय छ ।”
“नलवपुरको डेढ गाउँ र आशपासमा सवै भन्दा बढी राँगाको मासु विक्री हुने गरेको छ” ३५ बर्षीय लिङदेलीले भन्नुभयो, “प्रजननका लागि राँगा बिक्री गर्ने पहिलो प्राथमिकतामा राखेको छु नभए आगामी दशै पर्वमा काटेर मासु विक्री गर्ने सोचमा छु ।”
मलेसियामा १२ घण्टा सुरक्षा गार्ड गर्दाको दुख सम्मेर स्वदेशमा नै केहीगर्ने सोच बनाएर फर्केको बताउँदै उहाँले परिवारले समेत विदेशमा जान नदिएपछि श्रीमती मनुमायाको सल्लाह अनुसार पाडा पालन शुरु गरेको बताउनुभयो । हुर्केका राँगाको मासु विक्रीबाट मात्र हैन मलले खेत वारीमा उत्पादन समेत बृद्धि भई दोहोरो फाईदा हुने गरेको छ । विदेशमा कमाएको ६५ हजार खर्च गरेर जग्गालाई चक्लावन्दि गरेको खेतमा यतिखेर दोव्वर धान उत्पादन भएको उहाँले बताउनुभयो ।
साना गरा हुँदा खर्च बढि हुने र मल बगाउने र पानी समेत नपुग्ने दुखेसो सुनाउँदै उहाँले थप्नुभयो, “ठुरा गरा र प्रसस्त पशुको मल राखेपछि एक हप्तासम्म पनि पानी अडिने गरेको छ ।” खेतमा धान निक्कै राम्रो भएको छ गोड्ने समयमा मात्र युरिया मलको प्रयोग गरेको उहाँको भनाई छ । उहाँले राँगासंगै दुई हल गोरु पनि चराउँदै आउनु भएको छ । गोठमा चारवटा बाख्रा र दुईवटा खशी रहेका छन् । सो क्षेत्रमा अहिले पनि खेत वारी जोत्नका लागि ट्रयाक्टर भन्दा गोरुको प्रयोग बढी हुँने गरेको छ । उहाँको सो क्षेत्रमा १२ हलको खेत र दुई हलको वारी रहेको छ ।
कालिगण्डकी करिडोले पूर्व पश्चिम राजमार्गको गैडाकोटस्थित कालिगण्डकीचोक र तनहुँको घिरिङ हुदै भिममादसम्मको बाटो खुलेपछि उक्त क्षेत्रको उर्वर फाँटमा उत्पादित कृषि उत्पादन बजारिकणमा सुविधा पुगेको छ, कोरला, पोखरा–त्रिवेणी सडक सञ्चालन हुन सके यस क्षेत्र सहित गण्डकी प्रदेशको समृद्धिको आधार बन्ने उहाँको विश्वास छ ।
दुधको लोभले पाडापाडी नहुर्काउने र भारतवाट लाखौ रुपैयामा तिरेर भैसी खरिद गर्ने हाम्रो समाजमा यस्ता विदेशबाट फर्केर व्यवसायिकरुपमा पाडापाडी पाल्ने युवालाई तीनै तहका सरकारवाट प्रोत्साहन गरिनु पर्नेमा स्थानीयको सामुहिक आवाज रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

